



मेटामोर्फसिस
An Illustrated Nepali Edition of Franz Kafka's Classic Bestseller
-
-
5.0 • 1 Rating
-
-
- $4.99
-
- $4.99
Publisher Description
FRANZ KAFKA'S SEMINAL TALE OF TRANSFORMATION, REIMAGINED IN AN ILLUSTRATED NEPALI EDITION.
"काफ्का भनेको मेटामोर्फसिस, मेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । यसको नेपालीमा अनुवाद सहज र सुरूचिपूर्ण रूपमा गरिएको छ ।"
अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो ‘घुमुवा विक्रेता’ पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ । फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।
काफ्काको बारेमा थप
"बीसौं शताब्दीका सर्वाधिक चर्चित कथामध्ये एक"
–रोशन थापा 'नीरव', लेखक
"नेपाली भाषासाहित्य अनुवादका क्षेत्रमा चाहिं दारिद्र्य अवस्थामै रहेको देखिन्छ । विश्वप्रसिद्ध लेखक काफ्काद्वारा शताब्दीअघि रचित द मेटामोर्फसिसको अनुवाद नेपाली भाषाको श्रीवृद्धिका लागि थप अर्को बलियो उपलब्धि हुनेछ भन्ने मलाई लागेको छ ।"
–इन्दिरा प्रसाई, लेखक
"काफ्काको द मेटामोर्फसिस विश्वसाहित्यको एक मास्टरपीस हो । यसले शताब्दीकै एक महानतम साहित्यिक आन्दोलनलाई चिनाउँछ । त्यो हो 'विसङ्गतिवाद' । त्यो बुझ्नलाई काफ्काको प्रस्तुत कृति अपरिहार्य छ ।"
– गोविन्दराज भट्टराई, समालोचक
"१०५ वर्षअघि पहिलोपल्ट प्रकाशित काफ्काको उत्तम रचनामध्येको एक विशिष्ट कृति द मेटामोर्फसिस नेपाली पाठकका लागि आफ्नै भाषामा पढ्न पाउनु खुशीको कुरा हुँदै हो, यो कृतिको विश्वविस्तारको निरन्तरता पनि हो । यसको प्रकाशनले यो कृति अब नेपालीका लागि अपरिचित नरहने भयो !"
–गोविन्द गिरी 'प्रेरणा', लेखक
"अकल्पित उल्झनमा उनिएको एक निरीह कायान्तरित देह ग्रेगोर स्याम्सा उजागर गरिजान्छ मानव नियती जो एक्लोपना र उद्दिग्नतामाझ अस्तित्व संकट ब्यहोर्न अभिशप्त छ ।"
–कुमारी लामा, लेखक
"मोहभङ्ग, निराशा र भोक विसङ्गतिका आधारभूत आधारहरू हुन् जुन नियति यस कृतिको मुख्य पात्र ग्रेगोर स्याम्साले भोगेको छ । जर्मनेली स्वादको यो विसङ्गत टेक्सलाई अनुवादकले हाम्रो आफ्नैजस्तो स्वादमा पस्कन सफल भएका छन् । मलाई विश्वास छ 'संसारभरिका ग्रेगोर स्याम्साहरूले यस कृतिभित्र आफ्नो ऐना देख्नेछन् र थप मजबुत भएर जिउनेछन् ।"
–अशोक थापा, समालोचक
"विश्वभरका भूतपूर्व लेखक, समकालीन लेखक एवम् नवआगन्तुक लेखकहरूलाई हिप्नोटिक प्रभावमा पारिरहने यो कथाले कल्पनाशीलताको नूतन द्वार खोलिदिएको छ । मलाई थाह छ, मैले यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवाले द मेटामोर्फसिस अवश्य पनि पढिरहेको छ ।"
–कुमार नगरकोटी, लेखक
"क्लासिक साहित्य अनुवाद गरेर रामचन्द्रले उल्लेखनीय काम गरेका छन् । उनले मूल कथामा व्याप्त सुक्षान्तर भेदहरूलाई कुशलतापूर्वक आफ्नो अधिनमा लिएर नेपालीमा गज्जबसँग प्रस्तुत गरेका छन् । उनको यस अनुवादले मूल कृति 'द मेटामोर्फसिस'को विषय र शैलीलाई न्याय गरेको छ ।"
–अरुण गुप्तो, लेखक
"प्रथम वाक्यमा नै कथाको उत्कर्ष उजागर गरेर फ्रान्ज काफ्काले अत्यन्त अस्वभाविक कथावस्तुलाई आफ्नो साहित्यिक विशिष्ठता र कथ्य-कौशलले द मेटामोर्फसिसलाई यथार्थपरक बनाउन सफल रहेका छन् । मुख्य पात्र ग्रेगोर स्याम्साको आत्मस्वतन्त्रता र उसको परिवारलाई चाहिएको आत्मनिर्भरताका लागि कथामा भएका परिवर्तन र घटना शृङ्खलाका रूपान्तरणले कथालाई पठनीय बनाएको छ ।"
–अर्चना थापा, लेखक
"आज भन्दा १०५ वर्ष पहिले फ्रान्ज काफ्काको पाठ्य भूगोलमा जन्मिएको ग्रेगोर स्याम्सा नामको अजङ्गको कीरो अनुवादको बाटो हुँदै सय वर्षपछि नेपालीमा भित्रिएको छ । मान्छेबाट कीरोमा कायान्तरण भएको काफ्काको यस मानसपुत्रको विसङ्गत जीवन, एकाकीपन र महत्त्वहीन अन्त्यको कथालाई अनुवादकले कुशलतापूर्वक अङ्ग्रेजीबाट नेपालीमा भित्र्याएका छन् ।"
– बलराम अधिकारी, अनुवादक
"विसङ्गति एक बुझाई हो, मान्छेले दिएको ‘अर्थ’सङ्गत परिभाषा हो । द मेटामोर्फसिस पढेको दिनदेखि, हरेकपटक सडकमा निस्कँदा म मान्छेको भेषमा त्यही ‘अर्थ’को परिभाषा बनाउन घिस्रिरहेका यामानका कीराहरूबाहेक केही देख्दिनँ ।"
–गनेस पौडेल, लेखक
"विसङ्गति र निरर्थक विषयमा आधारित काफ्काको विश्वप्रसिद्ध कृति द मेटामोर्फसिसअहिलेको पिंढीले भौतिक दुनियाँमा मानवीय अवस्था र पीडा बुझ्न पढ्नैपर्ने हुन्छ । यो अनुवाद सरल, सलल, सबल र सशक्त छ ।"
–तुलसी आचार्य, लेखक
"काफ्का भनेको मेटामोर्फसिस, मेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । यसको नेपालीमा अनुवाद सहज र सुरूचिपूर्ण रूपमा गरिएको छ ।"
– सरूभक्त, लेखक
अनुवादकका बारेमा
पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एम. एस. र त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट अङ्ग्रेजी साहित्यमा एम. ए. गरेका रामचन्द्र के.सी.का नेपाली र अङ्ग्रेजी भाषामा अनूदित पुस्तकहरू प्रकाशित छन् । सन् २०१७ देखि २०१९ सम्म इमरजेन्सी चिकित्सकहरूको विश्वव्यापी संस्था एसेपमा ‘एडुकेसनल कन्टेन्ट म्यानेजर’ र ‘म्यानेजिङ एडिटर’का रूपमा काम गरेका उनी विभिन्न प्रकाशन प्रोजेक्टमा संग्लग्न छन् । मेटामोर्फसिस (नेपाली भाषामा अनूदित) उनको तेस्रो प्रकाशित कृति हो । Visit: 'www.kafkametamorphosis.com' and 'www.justicegraphicnovel.com.' Connect the translator: Twitter-@KcChandraram, Facebook- @books.ramckhatri, Instagram- @ramchandrak



